हनुमानढोकाकाे दसैंघरमा भित्र्याइयो गोरखाबाट पठाइएको फूलपाती

हनुमानढोकाकाे दसैंघरमा भित्र्याइयो गोरखाबाट पठाइएको फूलपाती

केन्द्रबिन्दु
0
Shares

हनुमानढोका दरबारको दसैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।  

नेपालीहरुको महान् पर्व वडादसैंको सातौँ दिन गोरखा दरवारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दसैंघरमा भित्र्याइएको हो । आज बिहान ८ बजेको शुभ साइतमा गोरखा दरवारबाट निकालिएको अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा अपरान्ह साढे ४ बजे बाजागाजासहित दसैंघरमा भित्र्याइएको हो । 

नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको ।  जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइएको हो । 

राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमान ढोका ल्याउने प्रचलन शुरु भएको मान्यता छ । 

Skip This
Skip This
Logo