इजरायलमा मारिएका तीन जना नेपालीको शव काठमाडौँ आइपुग्यो

इजरायलमा मारिएका तीन जना नेपालीको शव काठमाडौँ आइपुग्यो

केन्द्रबिन्दु
0
Shares

इजरायलमा मारिएकामध्ये ३ जनाको शव आइतबार काठमाडौँ आइपुगेको छ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिबार नेपाल पठाइएको थियो। 

पहिलो चरणमा नेपाल पठाइएको शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ। आशिष चौधरीको शव भने दिउँसो आइपुग्नेछ।  

७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।  बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ। 

Skip This
Skip This
Logo