तीन जहाज किन्न नेपाल वायुसेवा निगमद्वारा बोलपत्र आह्वान

तीन जहाज किन्न नेपाल वायुसेवा निगमद्वारा बोलपत्र आह्वान

केन्द्रबिन्दु
0
Shares

नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ। निगमले तीन वटा जहाज किन्नका लागि बोलपत्र आह्वान गरेको हो।बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म रहेको छ।

नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्विनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा रहेको जनाकारी दिएका थिए ।

मन्त्री किरातीका अनुसार निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिने गरी जहाज खरिदको प्रक्रिया अघि बढाएको छ । नेपाल वायु सेवा निगमसँग हाल आन्तरिक उडानमा दुई वटा ट्विनअटर जहाज छन् ।

Skip This
Skip This
Logo