ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

झापाको अर्जुनधारा नगरपालिका-३ खुदुनाबारीमा हिजो राति ट्रक र स्कुटर ठोक्किँदा दुई जना परुषको  मृत्यु भएको छ।

दुर्घटनामा स्कुटर चालक अर्जुनधारा-२ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र स्कुटरको पछाडि बसेका ३६ वर्षीय रोशन लुङ्गेली मगरको उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।  ट्रक चालक अर्जुनधारा-२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई  प्रहरीले पक्राउ गरेको छ। 

Skip This
Skip This
Logo