ब्राजिलमा कोभिड-१९ बाट ५३ हजार बढीको मृत्यु

ब्राजिलमा कोभिड-१९ बाट ५३ हजार बढीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ब्राजिल।
ब्राजिलमा कोरोना भाइरसको महामारीबाट ज्यान जानेको संख्या ५३ हजार नाघेको जनाइएको छ । बुधबार प्राप्त समाचार अनुसार ब्राजिलमा कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या ५३ हजार ५५३ हजार ८३० जना पुगेको छ ।

सो समाचारमा यहाँ दैनिक कम्तीमा पनि एक हजार जनाको यस प्रकोपबाट ज्यान गएको छ । बुधबार मात्र यहाँका १ हजार १८५ जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी गएको २४ घन्टा यता मात्र यहाँ ४२ हजार ७२५ जना नयाँ संक्रमित थपिएका बताइएको छ । यो समेतगरी यहाँका नयाँ संक्रमितको संख्या ११ लाख नाघेको छ ।

प्राप्त समाचारमा ब्राजिलमा नयाँ संक्रमितको संख्या ११ लाख ८८ हजार ६३१ जना पुगेको छ । सो कुरा ब्राजिलको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको हो । बुधबारसम्मको जानकारी अनुसार यहाँको सरकारले गएको तीन दिनदेखि दिनमा एक हजारभन्दा बढी नागरिकको ज्यान गएको बताएको छ । लगातार तीन दिनसम्म एक हजार भन्दा बढीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको देखिएको हो ।

ब्राजिलको साओ पाओलो सहर सबैभन्दा बढी प्रभावित सहर हो । यहाँ मात्र बुधबार ९ हजार भन्दा बढी संक्रमित भेटिएका बताइएको छ । ब्राजिल अमेरिकापछि विश्वमै सबैभन्दा बढी मानिस संक्रमित हुने र मृत्यु हुने देशमा पर्दछ ।रासस/सिन्ह्वा

Skip This
Skip This
Logo