पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एक घाइते

पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एक घाइते

केन्द्रबिन्दु
0
Shares

पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार पर्यटकीय क्षेत्र रानीमहलतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खसेको हो ।  

ज्यान गुमाउनेमा तीन जना महिला, दुई बालबालिका र एक पुरूष रहेको बताइएपनि सनाखत भने भइसकेको छैन ।

दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारको लागि अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । प्रहरीका अनुसार दुर्घटनास्थल खोँच रहेको र उद्दारमा कठिनाई भएकाले थप विवरण आउन बाँकी रहेको छ ।

Skip This
Skip This
Logo