नेपाल प्रहरीले आज उपत्यकामा दुईवटा बस निःशुल्क सञ्चालन गर्ने

नेपाल प्रहरीले आज उपत्यकामा दुईवटा बस निःशुल्क सञ्चालन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले मंगलबार (आज) विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

सार्वजनिक सवारी साधन आज निकै न्यून संख्यामा चल्ने भएको दसैँको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यका दुईवटा रुटमा निःशुल्क सेवा दिन लागिएको प्रहरीले जनाएको छ । 

बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म दुईवटा रुटमा निःशुल्क बस सञ्चालन हुनेछ । आज सशस्त्र प्रहरीले पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ । सार्वजनिक सवारी साधन दसैँको समयमा नचल्दा काठमाडौं उपत्यकामा दसैँमा सर्वसाधारणले हैरानी बेहोर्नु पर्दै आएको छ । 
 

Logo