दोलखा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच जना घाइते

दोलखा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच जना घाइते

केन्द्रबिन्दु
0
Shares

दोलखा जिल्लामा जीप दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको बिगु गाउँपालिका–२ टुकुखोला बा १४ च ८९३४ नम्बरको जीप गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बिगु–२ कै २० वर्षीया चिनीमाया तामाङ र  २२ बालमायी तामाङको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता इन्स्पेक्टर धर्मेशकुमार यादवले बताए। उनका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको छ।

उनीहरूको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको उनले जानकारी दिए। एक जना भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

Skip This
Skip This
Logo