रुपन्देहीमा दुर्गा मूर्ति विसर्जनमा गएका दुई युवकको डुबेर मृत्यु, एक बेपत्ता

रुपन्देहीमा दुर्गा मूर्ति विसर्जनमा गएका दुई युवकको डुबेर मृत्यु, एक बेपत्ता

केन्द्रबिन्दु
0
Shares

दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए  । 

सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताए । बेपत्ता सन्तकुमारको खोजी भैरहेको छ । 

रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ । 

Skip This
Skip This
Logo