चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।
उनको निधनले चुनौतीपूर्ण अवधीमा नेपाललाई दिएको साथ ओलीले स्मरण गरेका हुन् । शुक्रबार बिहान हृदयघातका कारण सांघाइमा चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको थियो।
‘पूर्व प्रधानमन्त्री ली खछ्याङको आकस्मिक निधनले गहिरो दुःख लागेको छ। मैले हाम्रा भेटहरूका सम्झनाहरू मन पराएको छु, विशेष गरी सन् २०१६ मा भएको नेपालका लागि चुनौतीपूर्ण अवधिमा,’ ओलीले स्मरण गर्दै भनेका छन, ‘उहाँको परिवार र चीनका जनताप्रति मेरो गहिरो र हार्दिक समवेदना छ।'































प्रतिक्रिया