काभ्रेको खानिखोला गाउँपालिकाबाट बनेपातर्फ आउँदै गरेको बोलेर पल्टिँदा नेकपा एमालेका नेताहरु घाइते भएका छन्।
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समापन गरी फर्कंदै गरेको बा१४च ७०७७ नम्बरको बोलेर दुर्घटनामा पर्दा एमाले नेताहरु पूर्व सांसद नविना लामा, एमाले बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामालगायत ११ जना घाइते भएका हुन् । ब्रेक फेल भई गाडी सडकमै पल्टेको थियो।
दुर्घटनामा ७ जना घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ। उनीहरुको बनेपा र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।





























प्रतिक्रिया