शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । "/>

काठमाडौंका २ जनामा कोरोना पुष्टि, बुधबार ११४ जना डिस्चार्ज

काठमाडौंका २ जनामा कोरोना पुष्टि, बुधबार ११४ जना डिस्चार्ज

केन्द्रबिन्दु
0
Shares

काठमाडौंका २ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको निगरानीमा रहेको उनले बताए ।
यस्तै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । बुधबार ६२९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको हो ।
कोरोना जित्नेको संख्या भने दुई हजार तीन सय ३८ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये पुरुष दुई हजार एक सय ४१ छन् भने महिला १९७ छन् ।  बुधबार मात्र ११४ जना डिस्चार्ज भएका छन् ।अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ९३ हजार एक सय ९४ र आरडीटी विधिबाट दुई लाख ८३ हजार ६ सय ९६ जनाको नुमना परीक्षण भएको छ ।

नेपालमा कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।

Logo