कैलालीमा ५७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा कैलालीका १० महिला र ४७ पुरूष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दुई सय ५४ जनाको स्वाब परीक्षण गर्दा कैलालीको लम्कीका ६ महिला र १९ पुरूष र गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरूषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा अहिले १२ जनाको उपचार भइरहेको छ।
थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार १९२ पुगेको छ ।






























प्रतिक्रिया