इजरायलले फेरी गर्‍यो गाजाको अस्पताल नजिक बमबारी

इजरायलले फेरी गर्‍यो गाजाको अस्पताल नजिक बमबारी

केन्द्रबिन्दु
0
Shares

इजरायली सेनाले मंगलबार बिहानै गाजास्थित अल कुद्स अस्पताल नजिक बमबारी गरेको छ।  

प्यालेस्टिनी रेड क्रस सोसाइटीले स्थानीय समय अनुसार मंगलबार बिहानै गाजा सहरको वरपर ताल अल हवामा भारी तोप प्रहार र हवाई आक्रमण गरेपछि अल-कुद्स अस्पतालमा आतंक छाएको थियो।

‘अस्पताल भित्र आश्रय लिनेहरूले डर र आतंकको अनुभव गरिरहेका छन्’ प्यालेस्टिनी रेड क्रस सोसाइटीलेले सामाजिक सञ्जालमा लेखेको छ।करिब १२ हजार आन्तरिक विस्थापित नागरिकहरूले अस्पतालमा आश्रय लिइरहेका छन्,सो समूहले भनेको छ। इजरायली सेनाले यस क्षेत्रमा गतिविधिका बारेमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

अल कुड्स अस्पताल गाजाको उत्तरमा अवस्थित छ,जसको दक्षिणी रेखामा जानका लागि इजरायलले यसअघि नै चेतावनी दिएको थियो। मध्य गाजामामा रहेका पत्रकार हसन एसलेहले सीएनएनलाई भने कि उक्त क्षेत्रमा तोपखानाको आगो सोमबार दिनरात लगातार थियो।

उनले घाइते र मृतकहरूलाई देर अल-बालाहको अल अक्सा सहिद अस्पतालमा ल्याएको देखेका थिए। मृतकहरूलाई सम्मान गर्नका लागि बिहान प्रार्थनाको लागि तयार भइरहेको शव पालमा ३१ शवहरू राखिएको थियो।

Logo