भारतीय प्रधानमन्त्री मोदीद्वारा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

भारतीय प्रधानमन्त्री मोदीद्वारा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका व्यक्तिका परिवारमा समवेदना प्रकट गरेका छन्। 

नेपालको जाजरकोट रामीडाडाँ केन्द्रबिन्दु भई गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति उनले गहिरो दुःख लागेको भन्दै आवश्यक सहयोग गर्न भारत सरकार तयार रहेको बताएका हुन्। 

उनले आफ्नो ट्वीटरमा लेखेका छन्,‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ। भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’ 

Skip This
Skip This
Logo