टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले काठमाडौँको कपनमा नयाँ प्रविधिसहितको सर्भिस सेन्टर सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले मंगलबारबाट सर्भिस सेन्टरलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेकाे जानकारी दिएकाे हाे ।
टाटाले विद्युतीय सवारी साधनको बजार हिस्सा बढ्दै जाँदा नयाँ सर्भिस सेन्टर थप्दै गएको छ । विद्युतीय गाडीलाई प्राथमिकता राखेर सञ्चालन गरिएको वर्कशपमा पेट्रोलियम गाडीका लागि आवश्यक सेवा पनि उपलब्ध छ ।
साे अवसरमा सिप्रदीका सर्भिस हेड कुमार भण्डारीले भने, ‘अन्य ठाउँमाभन्दा कपनमा हाम्रो कभरेज कम भएकाले,सर्भिस सेन्टर रोखका हौँ, यसले सेवाग्राहीहरुमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’
सर्भिस सेन्टरमा एक पटकमा १२ वटा गाडी राखेर सर्भिस गर्न सकिन्छ भने दैनिक ६० देखि ७० वटा गाडीको सर्भिस गर्ने क्षमता भएको सर्भिस हेड भण्डारीले जानकारी दिए । सर्भिस सेन्टरमा नयाँ प्रविधिका उपकरण र जनशक्ति तयार पारिएको कम्पनीले जनाएको छ । यो सर्भिस सेन्टरबाट कपन आसपासका टाटाका ग्राहकले फाइदा लिन सक्नेछन्।
सिप्रदीले हालसम्म ३५ सयभन्दा बढी विद्युतीय सवारी बिक्री वितरण गरिसकेको छ ।































प्रतिक्रिया