‘कृषिमा पर्याप्त लगानी गर्न सरकारले नै मोडालिटी बनाउनु पर्छ’: अनिलकेशरी शाह (भिडियोसहित)

‘कृषिमा पर्याप्त लगानी गर्न सरकारले नै मोडालिटी बनाउनु पर्छ’: अनिलकेशरी शाह (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले कृषि क्षेत्रमा लगानी गर्न सरकारले नै स्पष्ट मोडालिटी बनाउनु पर्ने बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । तर लगानी गर्न स्पष्ट नीतिको अभावका कारण यसक्षेत्रमा प्रशस्त लगानी हुन नसकेको प्रमुख कार्यकारी अधिकृत शाहको भनाइ छ । ‘कृषि क्षेत्रमा लगानी गर्न उन्नत जातका बीउ बिजन, मल, सिचाईको व्यवस्था, तालिम तथा कृषि कर्मका लागि आश्यक पूर्वाधार चाहिन्छ ।’ प्रमुख कार्यकारी अधिकृत शाहले केन्द्रबिन्दुसँगको कुराकानीमा भने ।

सरकारले ती आवश्यक पूर्वाधार उपलब्ध गराउन नसकेका कारण बैंकलाई कृषि क्षेत्रमा लगानी गर्न समस्या भएको उनको भनाइ छ । कृषिमा उत्पादन गर्दा विदेश निकासी गर्न सक्ने गरी गर्ने हो भने बैंकले सजिलै लगानी गर्न सक्ने अवस्था हुने प्रमुख कार्यकारी अधिकृत शाहले बताए । बैंकसँग आम जनताको पैसा हुने भएकाले त्यसको जिम्मेवारी पनि बैंकले नै लिनुपर्ने भएकाले कर्जा असुल उपर हुन समस्या पर्ने स्थानमा लगानी गर्न नसक्ने उनले बताए ।

बैंक तथा वित्तीय क्षेत्रले कृषि क्षेत्रमा कुल लगानकिो १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ । तर बैंकहरुले सो सीमा पनि भेटाउन सकिरहेको अवस्था छैन । पछिल्लो समय यस क्षेत्रमा केही मात्रामा लगानी बढे पनि कृषिलाई आवश्यक पूर्वाधार नभएको भन्दै लगानी गर्न हिचकिचाउँछन् बैंकहरु । सरकारले अहिले कृषि तथा पशुपक्षी पालन कर्जा, शैक्षिक प्रमाणपत्र धितो राखेर दिने कर्जा , महिला उद्यमी कर्जा लगायतका ९ प्रकारका सहुलियत कर्जा उपलब्ध गराएको छ ।

यसै विषयमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा :

 

Skip This
Skip This
Logo