भाइटीकाको शुभसाइत बिहान १०ः५१ बजे

भाइटीकाको शुभसाइत बिहान १०ः५१ बजे

केन्द्रबिन्दु
0
Shares

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८० को तिहारको शुभसाइत सार्वजनिक गरेको छ । 

कार्तिक २९ गते परेको भाइटीकाको साइत भने विहान १० बजेर ५१ मिनेटमा रहेको छ । समितिका अनुसार कार्तिक २४ गते शुक्रबारका दिन यमदीप दान अर्थात धनत्रयोदशी (धन्तेरस) रहेको छ । यो दिन सुनचाँदीजस्ता धातुका वस्तु खरिद गर्नु एकदमै उत्तम मानिन्छ ।

साथै कार्तिक २५ गते काग तिहार परेको छ भने २६ गते कुकुर तिहारसँगै लक्ष्मी पूजा पनि रहेको छ । यसैगरी कार्तिक २७ गते सोमवार गाई तिहार रहेको छ । २८ गते गोवद्र्धन पूजा । म्हपूजा परेको छ भने सोहि दिनबाट नेपाल संवत ११४४ प्रारम्भ हुनेछ । 

Skip This
Skip This
Logo