आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० कात्तिक २१ गते मंगलबार। ७ नोभेम्बर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। व्यवसायमा गरिएको लगानीमा मन्दी आउनेछ, तर वैदेशिक कार्य भने सहजै अघि बढ्नेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ। जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ। यात्राबाट पनि सफलता मिल्नेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ। पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ। स्वास्थ्य सबल नै रहनेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आफन्तसँग मनमुटाव बढ्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। विवेकले काम नगर्न सक्छ र खानपिनमा सचेत रहनु नै उचित हुनेछ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन्। सहयोगीको साथले फाइदा हुने काम गरिनेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। चिताएको कामले तीव्रता लिनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ। आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन्। कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ। व्यापार व्यवसाय य अन्य लगानीबाट नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ। इष्टमित्रहरूसँग भेटघाट हुनेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ।

Skip This
Skip This
Logo