जाजरकोटमा दोस्रो पटक भूकम्पः आठबीसकोटमा चार जना घाइते

जाजरकोटमा दोस्रो पटक भूकम्पः आठबीसकोटमा चार जना घाइते

केन्द्रबिन्दु
0
Shares

सोमबार पुनः भूकम्प आउँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका छन्। दिउँसो ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा नगरपालिकाका चारजना घाइते भएका हुन्।

घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पुर्‍याएको नगरप्रमुख रवि केसीले जानकारी दिए। घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ। भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गरेका छन्।

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन्।

Logo