गाजामा युद्धविरामका लागि दबाब

गाजामा युद्धविरामका लागि दबाब

केन्द्रबिन्दु
0
Shares

फ्रान्सले गाजामा मानवीय सहायताका लागि युद्धविराम’ का लागि दुवै पक्षलाई आग्रह गरेको छ। राजधानी पेरिसमा गाजाका लागि मानवीय सहायतासम्बन्धी सम्मेलनको आयोजना गरी फ्रान्सले ले ‘युद्धविरामका लागि काम गर्न’ आग्रह गरेको हो।

‘तत्कालका लागि हामीले नागरिकको सुरक्षाका लागि काम गर्न आवश्यक छ’, राष्ट्रपति इमानुएल म्याक्रोनले भने, ‘यसका लागि हामीले चाँडै मानवीय विरामको आवश्यकता छ र हामीले युद्धविरामको दिशामा काम गर्नै पर्छ।’

लडाइँ जारी रहँदा दिन प्रतिदिन मानवीय अवस्था झन् झन् बिग्रँदैमा उनले चिन्ता व्यक्त गरे। नोभेम्बर १० र ११ मा हुने वार्षिक पेरिस शान्ति मञ्चको अवसरमा बिहीबारको सहायता सम्मेलन आयोजना गरिएको हो।

धेरै युरोपेली देशहरू, इजिप्ट र प्यालेस्टिनी प्रतिनिधि र धेरै सहायता समूहको सहभागिता भए पनि अरब संसारका कुनै पनि सरकार प्रमुख उपस्थित थिएनन्।

यता हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै इजरायलको सैन्य अभियानले १० हजार ८०० भन्दा बढीको मृत्यु भएको र करिब २७ हजारभन्दा बढी घाइते भएको जनाएको छ।

गत अक्टोबर ७ मा गाजाबाट इजरायल प्रवेश गरेका हमास लडाकू समूहले एक हजार ४०० भन्दा बढी व्यक्तिको हत्या गर्नुका साथै करिब २४० जनालाई बन्धक बनाएको इजरायली अधिकारीले बताएका छन्। दशौँ हजार सर्वसाधारण गाजा पट्टीको दक्षिणतर्फ भागेका छन्।

Skip This
Skip This
Logo