सिरियामा अमेरिकाको हवाइ आक्रमण, नाै जनाको मृत्यु

सिरियामा अमेरिकाको हवाइ आक्रमण, नाै जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिरियाको पूर्वी प्रान्त देइर अल-जोरमा मध्यरातपछि अमेरिकी हवाइ आक्रमणमा कम्तीमा नौ लडाकु मारिएका छन्।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल-जोरमा रहेको सैन्य स्थल र हतियार डिपोमा आक्रमण गरेको हो। गम्भीर घाइते भएका लडाकूको सङ्ख्या अझै धेरै रहेको कारण मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।

पेन्टागनले इराक र सिरियामा अमेरिकी सैनिकमाथि भएको आक्रमणको जवाफमा अमेरिकी सेनाले पूर्वी सिरियाको एक क्षेत्रमा ‘आत्मरक्षाका लागि हवाइ आक्रमण’ गरेको जनाएको छ।

Logo