राप्रपा नेपालको पोखरा सभा हुँदै

राप्रपा नेपालको पोखरा सभा हुँदै

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपाल कास्किद्वारा पोखराको चाउथे चोकमा आज सभा आयोजना गर्ने भएको छ। उक्त सभालाई सम्बोधन गर्न अध्यक्ष कमल थापा हिजै पोखरा पुगिसकेका छन्।

राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभुमी निर्माण गर्न जिल्ला केन्द्रित भएको हो। 

२०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र,धर्म निरपेक्षता र संघीयताको विकल्पमा राजा सहितको प्रजातन्त्र,सनातन हिन्दु अधिराज्य, र संघीयता खारेज गर्दै सुदृढ स्थानिय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ।

सभालाई अध्यक्ष थापा सहित उपाध्यक्ष तारानाथ लुइँटेल ,महामन्त्रीद्वय राजाराम बर्तौला ,कृष्ण कार्की लगायतका नेताहरुले सम्बोधन गर्ने र विभिन्न ब्यक्तिहरु पार्टी प्रवेश गर्ने समेत राप्रपा नेपाल कास्किले जनाएको छ।

Skip This
Skip This
Logo