नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा सुरु भएको छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरिएको छ।
आज काग तिहारको अवसर पारेर आयोजित २० औँ काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको संख्या घट्दै गएको बताएका छन्।
उनले भने, ‘कागको संख्या पहिले जस्तो धेरै छैन। पहिला चार हजारसम्म कागैकाग हुन्थे,यसपाली कागको संख्या खासै छैन। पहिलेको तुलनामा धेरै घटेको छ ।धेरै काग मरेछन्, पहिलेजस्तो ठूलो संख्यामा काग जम्मा हुँदैनन्।’
त्यस्तै उनले कागले शुभ अशुभ खबर ल्याउने तथा आफैंलाई आपत पर्दा निकाल्ने स्वर फरक हुने बताए। आज उनले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी रत्नपार्कमा २०औँ काग सम्मेलन सम्पन्न गरेका छन्। दुलालले विगत २० वर्षदेखि तिहारको अवसरमा काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन्।





























प्रतिक्रिया