टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटाे हिँड्याे, सच्याउनुपर्छ -गगन थापा

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटाे हिँड्याे, सच्याउनुपर्छ -गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध जनाएका छन् । 

आज बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लोसमय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको र त्यसको प्रमुख माध्यम टिकटक बनेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै महामन्त्री थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको टिप्पणी गरेका हुन् । 

‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो।’ उनले भनेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत 'अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता' लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’

Skip This
Skip This
Logo