भारतीय अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा चर्को विवादको विषय बनेको ‘नेपोटिज्म’ अर्थात् नातावादले पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा पनि चर्चा पाउन थालेको छ ।
अभिनेत्री नम्रता सापकोटाको ‘नेपाली चलचित्र उद्योगमा पनि राम्रालाई भन्दा हाम्रालाई बढी अवसर दिईने प्रचलन रहेको छ’ भन्ने अभिव्यक्तिबाट सुरु भएको बहसमाथि थुप्रै कलाकर्मीले आफ्नो धारणा राखिसकेका छन् ।
यसैबीच अभिनेत्री प्रियंका कार्कीले पनि सामाजिक संजालमा आफ्नो धारणा व्यक्त गरेकी छिन् । एक फ्यानले इन्स्टाग्राम स्टोरीमा ‘तपाइँलाई नेपाली फिल्म ईन्डस्ट्रिमा पनि नेपोटिज्म छ जस्तो लाग्छ ?’ भन्ने प्रश्नको उत्तर दिँदै प्रियंकाले नेपोटिज्म बारे बोलेकी हुन् ।
उक्त प्रश्नको उत्तरमा उनले लेखेकी छिन्– ‘नातावाद जहाँपनि छ र जहिलेपनि रहिरहने छ । त्यो ठिकै पनि हो । एउटा डाक्टर सधैँ आफ्नो बच्चा डाक्टर नै होस् भन्ने चाहन्छ । एउटा सी.ई.ओले आफ्नो बिजनेस आफ्नो सन्तानलाई नै हस्तान्तरण गर्छ । र यहि कुरा नेपाली चलचित्र क्षेत्रमा पनि लागु हुन्छ ।
तर चलचित्र क्षेत्रको पृष्ठभूमिबाट नआएकाहरुलाई निष्पक्ष रुपमा काम गर्नबाट रोक्नु चाहिँ मुख्य समस्या हो । प्रतिभाको कदर गरिनुपर्छ, चाहे त्यो नेपो किड होस् या नन नेपो किड ।
‘तिम्रो बुवा को हो ?’ भन्ने धारणाले उसको क्षमतामा ग्रहण लाग्नु हुँदैन ।
































प्रतिक्रिया