तिहारमा घरमै मिठो, नरम अनि गोलो सेलरोटी पकाउने कसरी ? सिक्नुहोस् सजिलो तरिका [भिडियाेसहित]

तिहारमा घरमै मिठो, नरम अनि गोलो सेलरोटी पकाउने कसरी ? सिक्नुहोस् सजिलो तरिका [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेपालीहरुको दोस्रो महानपर्व तिहार भन्ने बित्तिकै रोटीका परिकारसँगै जोडिएर आउँछ।

तिहारमा पकाईने छुटाछुट्टै किसीमका रोटीका परिकारहरुको स्वाद,पकाउने तरिका र महत्वपनि छुटै छ। तिहारमा विशेष गरेर मिठाइ र रोटीका परीकारहरु बनाइने गरिन्छ। 

काटिएको पिठोको डल्लालाई बेल्ने, बेलेर तयार गरिएको रोटी पत्र/पत्र भएर छुटिन्छ। फिनी रोटीको महत्व अन्य समय भन्दा तिहारमा विशेष रहने गर्दछ। 

पछिल्लो समय बजारमा पनि तिहार लक्षित विभिन्न परिकार बन्ने गरेका छन्। विशेषतः तिहारमा सेलरोटीको बढी महत्व हुने भए पनि पछिल्लो समय भने फिनी रोटीको पनि माग बढेको छ। 

२०६५ साल देखी फिनी रोटी बनाउँदै आएकी सवीता श्रेष्ठलाई यति बेला फिनी बनाउन भ्याइ नभ्याइ छ। श्रेष्ठका अनुसार तिहारमा विशेष गरी सेलरोटी,फिनी रोटी र चिनी रोटीको माग बढ्दो छ। उनी भन्छिन् भाटभटेनीमा २५ पिस बिक्री गरेर सुरु गरेको फिनी रोटी अहिले हजारौं पिस बिक्री हुने गरेको छ। तिहारको समयमा त माग धान्न नै गाह्रो भएको छ सवितालाई।

सविताले बनाउने गरेको रोटीका परीकारहरु लिन उपभोक्ताहरु घरसम्म पुग्ने गरेका छन्। उनी भन्छिन् बजारमामागपनि राम्रो छ। दुख गरे अनुसारको आम्दानी पनि राम्रो छ।

सेल रोटी

सेल रोटीलाई विशेष तिहारमा खाइने रोटीको परिकारको रूपमा लिइने गरिन्छ। अन्य समयमा प्रयोग गरिने भएपनि तिहार भन्ने वित्तिकै सेलरोटी सम्झिँने प्रचलन अझैँ पनि छ।

सेल रोटी चामलको पिठोबाट तयार पारिन्छ। सेल रोटीलाई सगुन, कोसेलीको रूपमा विशेष प्रयोग गरिन्छ। यद्यपि, अन्य चाडपर्व पूजापाठमा विशेष गरेर सेल रोटी पकाउने गरिन्छ।

सेल रोटी बनाउनको लागि केही समयसम्म चामललाई भिजाउने र भिजाएको चामललाई पानी र्तकिने गरी राख्ने। त्यसपछि चामललाई मसीनो हुने गरी पिस्ने र आवस्यकता अनुसार पानी हाल्ने त्यसमा घ्यू पनि मिसाएर मुछ्ने जसले गर्दा रोटी लामो समयसम्म पनि नबिग्रने  र खाँदा पनि स्वादिलो हुन्छ। पहिला–पहिला घरमै बनाउने गरिएपनि पछिल्लो समय सेलरोटी बजारमा किन्ने प्रचलन बढेको व्यापारी बताउँछन्।

फिनी रोटी

फिनी एक प्रकारको रोटीको परिकार हो। यो मैदाको पिठोमा घ्युको मिश्रणबाट तयार पारिन्छ। फिनी रोटीलाई विशेष तिहारमा मात्र पकाएर खाने चलन छ।

मैदाको पिठोबाट तयार पारिएको फिनीको परिकार जो कोहिको पनि मनपर्ने रोटीको परिकार मध्ये एक हो। घ्युको स्वाद मन पराउने पारखीहरूको लागि फिनी मनपर्ने परिकार मध्ये एक हो।

फिनी रोटी बनाउनको लागि परिवारको संख्या अनुसार मैदालाई मुछ्ने। रोटी बनाउन प्रयोग गरिने पिठोको डल्लालाई मजाले माड्ने। माडिएको मैदाको डल्लो नरम भएपछि फिनी बनाउन तयार हुन्छ। 

तयार भएको पिठोलाई एकछिन राख्ने ताकी पिठो नरम होस्। फिनी बनाउन मैदा पिठो निकै मुलायम हुन आवश्यक हुन्छ। चामललाई एक घन्टा पानीमा भिजाएर राख्ने। भिजेको चामललाई मसिनो पारेर पिँध्ने। पिँधेको चामलको पिठोलाई छानेर अझमसिनो पिठो छुट्याउने। 

छुट्याइएको चामलको पिठोको अनुपात अनुसार घ्युमा मुछ्ने। घ्यु र चामलको पिठो मुछेर तयार गरीन्छ। तयार पारिएको मैदाको पिठोलाई राम्रोसँग बेल्ने। बेलेको रोटीमा घ्यु र चामलको पिठोबाट तयार पारिएको ‘सांठो’ लाई राम्रोसँग लगाइन्छ।

बेलिएको रोटीमा बराबरी सांठो लगाएपछिबिस्तारै रोल गर्ने (बेर्ने)। गोलाकार बेलिएको पिठोलाई स-सानो डल्ला पारेर काट्ने। काटिएको पिठोको डल्लालाई बेल्ने, बेलेर तयार गरिएको रोटी पत्र/पत्र भएर छुटिन्छ। फिनी रोटीको महत्व अन्य समय भन्दा तिहारमा विशेष रहने गर्दछ। 

तिहारलाई परिवारसँग मिलेर विभिन्न परिकार बनाएर खाने पर्वको रूपमा पनि मनाउने गरिन्छ। परिवारका सम्पूर्ण सदस्यसहित नयाँ–नयाँ खानाका परिकार पकाएर खानुका साथै रमाइलो गर्ने प्रचलन छ।

पछिल्लो समय बजारमा पनि तिहार लक्षित विभिन्न परिकार बन्ने गरेका छन्। विशेषतः तिहारमा सेलरोटीको बढी महत्व हुने भए पनि पछिल्लो समय भने फिनी रोटीको पनि माग बढेको छ। 

तिहारमा अन्य परिकार भन्दा रोटीका थरीथरी परिकारहरू बनाएर खाने प्रचलन छ। ठाउँ, परिवेश, जातजाति अनुसार आ–आफ्नो तरिकाले खानाका परिकार बनाउने प्रचलन अझै पनि कम भएकै छैन। तिहारको समयमा पिठोबाट तयार पारिएका थरीथरीका परिकार अनिवार्य जस्तै हुन्छन्। 

Skip This
Skip This
Logo