रेलले किचेर जनकपुरमा एक जनाको मृत्यु

रेलले किचेर जनकपुरमा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एक जनाको ज्यान गएको छ। नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्टिने गरी काटेको छ। अन्दाजी ५० वर्षका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित रेल्वे लीकमा उनलाई ट्रेनले किचेको धनुषा प्रहरीले जनाएको छ। ट्रेन विहान ८ः३० बजे जनकपुरबाट भारतको जयनगरको लागि छुटेको थियो। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

Skip This
Skip This
Logo