इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्नुपर्ने माग बढेकाे छ।
नेतन्याहुलाई प्रतिस्थापन गर्ने र उनको अति दक्षिणपन्थी मन्त्रिपरिषद्लाई प्रतिस्थापन गर्ने समय आएको इजरायलका विपक्षी दलका नेता यायर लापिडले बताएपछि इजरायलमा तरंग छाएकाे छ।
‘हामीले राष्ट्रिय पुनर्निर्माण सरकार गठन गर्नुपर्छ, लिकुडले यसको नेतृत्व गर्नेछ, नेतान्याहू र चरमपन्थीहरूलाई प्रतिस्थापन गरिनेछ,’ ल्यापिडले ट्विटरमार्फत भनेका छन्।
इजरायली सेना र जनताले अक्टोबर ७ को आक्रमणपछि लचिलोपन देखाउँदै आएको उनले भनेका छन्। जसको फाइदा प्रधानमन्त्री नेतन्याहुले लिइरहेको र जनतालाइ धोका दिएकोसमेत उनले जनाएका छन्।
उनले भने,‘तर सरकारको कमजोरीको कारण देशमा आक्रमण भएको हो, सरकार र विशेष गरी प्रधानमन्त्री हो।’ विपक्षी दलका नेता ल्यापिडको पछिल्लो टिप्पणीले इजरायलको राजनीतिक प्रतिष्ठान भित्र बढ्दो असहमतिको पछिल्लो संकेतको रूपमा हेरिएको छ।
अनेक मुद्दाहरूमध्ये एक नेतान्याहुले हमासको आक्रमणको लागि नेतृत्व गर्ने असफलताका लागि कुनै जिम्मेवारी लिन अस्वीकार गर्नु हो। तर,कतिपयले द्वन्द्व सकिएपछि यो विषय टुंग्याउनुपर्ने बताएका छन्।
‘म यो आवाजहरू सुन्छु कि यो समय होइन,’ल्यापिडले भने,‘तर,हामीले ४० दिन पर्ख्याैँ, अब समय छैन। हामीलाई अहिलेको आवश्यकता भनेको सुरक्षा र अर्थतन्त्र बाहेक अरू केही गर्ने सरकारको हो। हामी आगामी वर्षमा अर्को चुनाव वहन गर्न सक्दैनौँ, उनले ट्विटरमा भनेका छन्।
तर, नेतन्याहु क्याबिनेटका मन्त्रीहरूमध्ये एक बेन्नी गान्ट्जले भने,‘प्रधानमन्त्रीलाई प्रतिस्थापन गर्ने आह्वान पागल भन्दा कम छैन’भन्ने पहिलो प्रतिक्रिया दिएका छन्।





























प्रतिक्रिया