सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ ।
टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । हालसम्म सर्वोच्चमा ५ वटा रिट पुगिसकेका छन् । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुने बताइएको छ ।
सरकारले सामाजिक सद्भाव खल्बल्याउन टिकटकको प्रयोग भएको भन्दै सामाजिक, सांस्कृतिक सहिष्णुता कायम राख्न ‘तत्कालका लागि’ टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
हेर्नुहोस्, अधिवक्ता त्रिपाठीकाे रिट निवेदन-































प्रतिक्रिया