बनेपाबाट ६ लाख ५४ हजार नगदसहित ६ जना जुवाडे पक्राउ

बनेपाबाट ६ लाख ५४ हजार नगदसहित ६ जना जुवाडे पक्राउ

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

प्रहरीले काभ्रेको बनेपाबाट ६ लाख ५४ हजार ५ सय रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बनेपा नगरपालिका–६ स्थित पाँचकुमारी पेट्रोल पम्प नजिकै रहेको जनक तिमल्सिनाको घरबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ३१ वर्षीय जनक तिमल्सिना, २८ वर्षीय विश्वराज तामाङ, ३५ वर्षीय रामेश्वर केसी, ४० वर्षीय अनिल थापा, ३४ वर्षीय भोला राय र ४२ वर्षीय किरण रञ्जितकार रहेका छन् ।

उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

Logo