उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

केन्द्रबिन्दु
0
Shares

आईसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुँदैछ। अहमदाबादमा हुने फाइनल खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ।

प्रतियोगिताको फाइनलमा घरेलु टोली भारत र सर्वाधिक सफल टिम अष्ट्रेलिया आमने सामने हुँदैछन्। भारतले न्युजिल्याण्ड र अष्ट्रेलियाले साउथ अफ्रिकालाई हराउँदै फाइनल यात्रा तय गरेका हुन्। फाइनल अघिको मिडियासँगको भेटघाटमा दुवै टिमका कप्तानले फाइनलका लागि आफूहरु तयारी अवस्थामा रहेको बताए। 

सन् २००३ को फाइनलमा दुवै टिम आमने सामने भएका थिए। सो खेल अष्ट्रेलियाले एकतर्फी रुपमा जितेको थियो। यस पटक भारतीय टिम २० वर्ष पुरानो हारको बदला लिने योजनामा छ। घरेलु मैदानमा उत्कृष्ट फर्ममा देखिएको भारतका लागि अवसर पनि छ। लगातार १० खेलमा जित निकाल्न सफल भारत फाइनलको उपाधि भिडन्त आफ्नो पक्षमा पार्न चाहन्छ।

भारतीय कप्तान रोहित शर्माले कप्तान बन्ने बित्तिकै एकदिवसीय क्रिकेटका लागि खेलाडी पहिचान सुरु गरेको बताए। उनले खेलाडी पहिचान गरेर सोही अनुसार जिम्मेवारी दिएको बताउँदै प्राप्त नतिजा त्यसैको कारण रहेको उल्लेख गरे। 

अष्ट्रेलियन कप्तान पेट कमिन्सले भारतीय ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीलाई आउट गर्ने विशेष योजना आफूहरुसँग रहेको बताएका थिए। कमिन्सले भारतीय बलर मोहमद सामीबाट बच्न जरुरी रहेको समेत उल्लेख गरेका थिए। 

Skip This
Skip This
Logo