‘वैवाहिक अंगीकृतलाई सात वर्षपछि नागरिकता दिने प्रस्ताव संविधानको मुल मर्म विपरित’ : महतो

‘वैवाहिक अंगीकृतलाई सात वर्षपछि नागरिकता दिने प्रस्ताव संविधानको मुल मर्म विपरित’ : महतो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्तावले संविधानको मुल मर्म माथि प्रहार गरेको बताएका छन् ।

समितिको बैठकमा उक्त व्यवस्थाको विरोध गर्दै सरकार उल्टो बाटोमा हिडिरहेको महतोको टिप्पणि थियो । उनले संविधानमा पनि समय सीमा निर्धारण नगरिएको विषयमा अहिले बन्देज लगाउनु पर्ने कारण के हो आफूले बुझ्न नसकेको बताए ।

उनले अहिलेसम्म समय सीमा निर्धारण नगर्नुको कारण रहेको स्पस्ट पार्दै कानून मात्र बनाएर नहुने जनताले पनि स्वीकार्नु पर्ने बताए । उनले तराई मधेसमा अधिकांश व्यक्तिको विवाह भारतमा हुने र यो कुनै पनि नेपालको सरकार र भारतको सरकारले बनाएको सम्बन्ध नभएकाले यस्तो व्यवस्थाले त्यसक्षेत्रको सामाजिक, सांस्कृतिक सम्बन्धमा प्रहार गर्ने बताए । उनले नागरिकता सरहको आवासिय प्रमाणपत्र दिने भनिए पनि महिलाले बच्चा जन्माएपछि नागरिकता नहुँदा जन्मदर्ता समेत नहुने बताए ।

अंगीकृत नागरिकता लिन सात वर्ष बन्देज लगाउने प्रस्ताव पारित भए महिला माथिको स्वाभिमानमा आक्रमण हुने महतोको भनाइ थियो ।

Logo