तेस्रो अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवलको तयारी पूरा

तेस्रो अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवलको तयारी पूरा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो र टेलिभिजनमा आवद्ध महिला पत्रकारको छाता संगठन इन्टरनेशनल एसोसियसन अफ वमन इन रेडियो एण्ड टेलिभिजन (आइवार्ट)ले अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवलको तयारी पूरा भएको छ । 

रेडियो र टेलिभिजनमा आबद्ध महिला पत्रकारहरुको छाता संगठनको रुपमा चिनिने आइवार्टले महिला निर्देशकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले आउँदो मंसिर ९ गते शनिबार अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवलको आयोजना गर्न लागेको आइवार्ट नेपाल च्याप्टरका अध्यक्ष इच्छा गुरुङले जानकारी दिइन् । 

कार्यक्रम नेपाल चलचित्र विकाश बोर्डको हल चावहिलमा हुनेछ ।  

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकहरुको सहभागिता जनाउन नेपाललगायत विभिन्न देशका महिला निर्देशकहरुले निर्देशन गरेका सिनेमाहरु प्रर्दशन गरिने आयोजकले जानकारी गराएको हो । 

कार्यक्रममा नेपाली सर्ट फिल्म प्रतिस्पर्धाका विजेताहरुलाई अवार्ड प्रदान गरिनेछ । नेपाली फिल्म क्षेत्रमा रहेका रचनात्मक र सिर्जनशिल महिला निर्देशक विविध कारणले पछाडि परेको भन्दै प्रोत्साहन गर्ने हेतुले आइवार्ट नेपाली च्याप्टरको सुुरुवात गरिएको फिल्म फेस्टिवलका निर्देशक संगीता श्रेष्ठले जानकारी दिइन् । 

उनले भनिन्, ‘हाम्रो देशमा चलचित्र क्षेत्रलाई आफनो रचनात्मक र्सिजनाहरुबाट संसारभरी चिनाउन सक्ने हजाराै‌ं सशक्त महिला निर्देशकहरु छन । तर, सामाजिक दृष्टीकोण, कम प्राथमिकता र अवसर तथा प्रोत्साहनको कमीले यो क्षेत्रमा महिला निर्देशकहरु हतोत्साही हुने गरेको देखिन्छ। त्यसैले तेस्रो आइवार्ट नेपाल च्याप्टरको अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवल आयोजना गर्न लागेको हो ।’ 

Skip This
Skip This
Logo