नेपाल चलचित्र छाँयाङ्कनको उत्कृष्ट गन्तव्य हाेः सिद्धार्थ सिमानी भारतीय कलाकार

नेपाल चलचित्र छाँयाङ्कनको उत्कृष्ट गन्तव्य हाेः सिद्धार्थ सिमानी भारतीय कलाकार

केन्द्रबिन्दु
0
Shares

भारतीय कलाकार, सिद्धार्थ सिमानीले नेपाल विश्वभरकै चलचित्र छाँयाङ्कनको उत्कृष्ट थलो बन्न सक्ने बताएका छन्। 

भारतीय चर्चित टेलिभिजन सिरिज ‘जिन्दगी की महक’ का चर्चित अभिनेता सिमानीले आफू आफ्नो नयाँ चलचित्र ‘पशु’ को छाँयाङ्कन स्थलको खोजीका लागि नेपाल आएको र आफूले नेपालमा चलचित्र विकासको ठुलो सम्भावना देखेको बताएका हुन्।

नेपाल बसाईका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग समेत भेट गरेका अभिनेता सिमानीले संस्कृति मन्त्री नेपाललाई पर्यटन र चलचित्रको केन्द्र बनाउने कुरामा सकारात्मक पाएको बताए।

नेटफ्लिक्स निर्मित वेभ सिरिज ‘हिरो कौन’ का अभिनेता सिमानीले, नेपाल र भारतको संस्कृति र मानिसहरुको भावनासमेत मिल्ने भन्दै अब दुवै देशका कलाकार, निर्माता तथा निर्देशक मिलेर नेपाल र भारतको चलचित्र उद्योगलाई उठाउन भूमिका खेल्नुपर्ने बताए। 

Skip This
Skip This
Logo