चन्द्रागिरीको आईपीओ शुक्रबारसम्म बाँडफाँड हुने

चन्द्रागिरीको आईपीओ शुक्रबारसम्म बाँडफाँड हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

१२ लाख ५१ हजार १० जनाले किन्न चाहेको चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबारसम्ममा बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले पुस २४ देखि २८ गतेसम्म प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो।

त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहने १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणका लागि तोकेको थियो ।

चन्द्रागिरीमा सेयर बन्न १२ लाख ५१ हजार १० जना आवेदनले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता अर्थात २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर माग गरेका छन् ।

Skip This
Skip This
Logo