पहिरो खसेपछि थुनियो अरुण नदी, परिवार विस्थापित

पहिरो खसेपछि थुनियो अरुण नदी, परिवार विस्थापित

केन्द्रबिन्दु
0
Shares

सङ्खुवासभा ।

सङ्खुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ ।

आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार करीब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी थुनिँदा करीब तीन सय मिटर पानी जमेर ताल बनेको छ ।

स्थानीयवासी हीरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए । घटनाको विस्तृत जानकारी आइसकेको छैन । प्रहरीले अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युत्गृहस्थल पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबेंसी, मनकामना लगायत क्षेत्रका बासिन्दालाई नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ ।

Skip This
Skip This
Logo