युनिलिभर नेपालले विपद् पीडित समुदायलाई आर्थिक सहयोग गरेको छ ।
कम्पनीले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई साथ दिनको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ हस्तान्तरण गरेको हो । पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई उक्त चेक हस्तान्तरण गरेको थियाे ।
कम्पनीले भूकम्पबाट क्षति भएका पीडितलाई केहि राहत पुर्याउने उदेश्यले आर्थिक सहयोग प्रदान गरेको जनाएकाे छ । भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री पुर्याउँदा मानवीय तथा भौतिक क्षतिले हुने पीडा महसुस गरेको पनि जनाइएको छ ।
कम्पनीले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।































प्रतिक्रिया