दुर्गा प्रसाईं आफ्नै घरमा नजरबन्दमा, चारैतिर प्रहरी परिचालन

दुर्गा प्रसाईं आफ्नै घरमा नजरबन्दमा, चारैतिर प्रहरी परिचालन

केन्द्रबिन्दु
0
Shares

आन्दोलनलाई रोक्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले घरबाट निस्कन नदिने नयाँ रणनीति लिएको छ । 

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियानको नेतृत्व गरिरहेका प्रसाईंलाई उनकै भक्तपुर थिमीस्थित निवासमा प्रहरी तैनाथ गरिएको हो । आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका उनलाई घरबाट निस्कन नदिने तयारी भएको हो । 

प्रसाई्रंका प्रेस संयोजक सज्जन राज पोख्ररेलले भने, ‘बिहानैदेखि प्रहरीले घर घेराउ गरेर राखेको छ । हामीले आज निस्कन नदिने भन्ने खबरहरु पनि पाएका छौँ, बाक्लो संख्यामा प्रहरीहरुको चारैतिर परिचालन भएको छ। तीनकुनेमा कार्यक्रम गर्न पनि नदिइने भनिएको छ । तर आजको आन्दोलन हिजोको भन्दा थप बलियो हुनेछ, आजको कार्यक्रमका लागि पत्रकार सम्मेलनको तयारी भइरहेको छ ।’

प्रसाईं नेतृत्व समूहले राजतन्त्र फर्काउने, बैैँक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्नेलगायतका माग गर्दै बिहीवार विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ । प्रदर्शनकारी तोकिएको घेरा तोडेर निषेधित क्षेत्रतर्फ जान खोज्दा झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।

Skip This
Skip This
Logo