स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान राष्ट्रिय ट्रमा सेन्टर अस्पतालका बिरामीहरुको अवस्थाबारे जानकारी लिएका छन् । आज ट्रमा सेन्टरको १०औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गरेपछि उनले उक्त अस्पताल पुगेर बिरामीहरुको बारेमा जानकारी लिएका हुन् ।
त्यस क्रममा उनले मृगौलाका बिरामीहरुलाई कलेजो प्रत्यारोपण गर्नैपर्ने भएमा आवश्यक पहल गर्न तयार रहेको भन्दै विपन्नहरुले पैसा नभएको कारणले समस्या भोग्न नपर्ने बताए ।
उनले भने, ‘कलेजो प्रत्यारोपण गर्ने मात्रै विकल्प हुन सक्छ, त्यसको व्यवस्था नेपालमा पनि सुरु भइसकेको छ । कलेजो प्रत्यारोपण गर्नैपर्ने भयो भने हाम्रो तर्फबाट गर्नुपर्ने पहल गर्नेछौँ । विपन्नहरुले पैसा नभएको कारणले यसमा समस्या नपरोस् ।’





























प्रतिक्रिया