काठमाडौं । काठमाडौं उपत्यकामा लागू गरिएको जोर विजोर प्रणालीमा थप कडाइ गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विज्ञप्ति जारी गर्दै जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै कडाइ गर्ने जनाएको हो ।
महाशाखाले एकातर्फ आम नागरिकहरूलाई सचेतना जगाउन, सामाजिक दूरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भीडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागि उपत्यकाको मुख्य मुख्य चोकहरूमा प्लेकार्डमार्फत सचेतना दिइरहेको छ । साथै अर्कातर्फ जोर विजोर प्रणालीको पूर्णपालना गराउन चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको छ ।
शुक्रबार मात्रै अटेर गरी जोर विजोर प्रणालीको उल्लंघन गरी सञ्चालन गरेका ९ सय ४८ दुई पाङ्ग्रे, २ सय ४७ भाडाकार (ट्याक्सी) र १ सय ६३ साना तथा ठूला सवारी गरी जम्मा १ हजार ३ सय ५८ सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।
त्यस्तै एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको सख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताए । हालसम्म लकडाउन कार्यान्वयनमा आमनागरिकले पुर्यााएको सहयोगप्रति आभार व्यक्त गर्दै अत्यावश्यक सेवा र कामबाहेका सवारी साधन नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ ।
त्यस्तैगरी काठमाडौं उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोर विजोर प्रणाली उल्लङ्घन गर्ने १२ हजार ५ सय ८२ सवारी साधनहरू नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ ।





























प्रतिक्रिया