मंसिर १५ र १६ गते ‘सलिको गल्फ टुर्नामेन्ट’, प्रतियोगिता जित्नेलाई हेलिकप्टरबाट गोसाईकुण्ड शयर गराइने

मंसिर १५ र १६ गते ‘सलिको गल्फ टुर्नामेन्ट’, प्रतियोगिता जित्नेलाई हेलिकप्टरबाट गोसाईकुण्ड शयर गराइने

केन्द्रबिन्दु
0
Shares

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पहिलोपल्ट आयोजना गर्न लागेको ‘सलिको गल्फ प्रतियोगिता-२०२३ मा पुरुषतर्फ विजयी हुने खेलाडी र उनको पत्निलाई हेलिकप्टरबाट गोसाईकुण्डको शयर गराउने भएको छ ।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनी एक भएपछि पहिलोपल्ट यो प्रतियोगिता आयोजना गर्न लागेको हो। यही मंसीर १५ र १६ गते रोयल नेपाल गल्फ क्लव, एयरपोर्ट सिनामंगलको खेल मैदानमा खेलाइने सो प्रतियोगिताबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो।

रोयल नेपाल गल्फ क्लबका कप्तान मिथुन राईले प्रतियोगिताको १६ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको बताउँदै सो प्रतियोगितामा पुरुष, महिला, जुनियर गल्र्स र जुनियर ब्वाइज खेलाडीको सहभागिता रहने जानकारी दिए। प्रतियोगिता सिनीयरतर्फ १८ होलमा र जुनियर तर्फ ९ होलको हुनेछ।

पत्रकार सम्मेलनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले नेपाली गल्फ खेलको विकासमा टेवा पुर्याउने र नयाँ पुस्तालाई गल्फ खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। सो कम्पनीकी उपप्रमुख कार्यकारी निर्देशक बरिष्मा आचार्यले नेपाली खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले आफूहरुले गल्फको साथैफुटबल लगायतका खेलमा लगानी गर्दै आएको बताइन्।

यो खुल्ला टुर्नामेन्ट भएकाले जहाँबाट जसले पनि सहभागिता जनाउन सक्ने आयोजकले जानकारी दिएको छ। खेलमा विभिन्न १५ वटा विधामा पुरस्कार प्रदान गरिने जनाइएको छ । 

Logo