धरानबाट पोखरा जाँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु

धरानबाट पोखरा जाँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पृथ्वी राजमार्गको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको छ। दुर्घटनामा पर्दा अरु ३४ यात्रु घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार बसमा यात्रा गरिरहेका ३६ जनामध्ये मृत्यु भएका २ जनाको सनाखत हुन सकेको छैन। ३४ जना घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि उनीहरुलाई पोखरा पठाइएको प्रशासनले जनाएको छ।

धरानबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ७८९५ नम्बरको बस अनियन्त्रित भएर सडकबाट खसेको थियो। दुर्घटनामा घाइते भएका अरु यात्रुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार गरिँदैछ।

Skip This
Skip This
Logo