दाइ विदेशमा, देवर–भाउजु झुण्डिएको अवस्थामा मृत फेला

दाइ विदेशमा, देवर–भाउजु झुण्डिएको अवस्थामा मृत फेला

केन्द्रबिन्दु
0
Shares

इलाम माङसेबुङ गाँउपालिका–६ स्थित टोड्केमा देवर–भाउजु झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

इलाम माङसेबुङ–६ मावाटोलका २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गीता राई मृत फेला परेका हुन्।  उनीहरु एउटै रूखको हाँगोमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको मंगलबारेस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकिशोर साह तेलीले जानकारी दिए ।

घरदेखि करिव ७ सय मिटर टाँडा दारजातको रुखको एउटै हांँगामा प्लाष्टिकको डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
देवर–भाउजु दुवै विवाहित हुन् । भाउजुको पति रोजगारीका लागि विदेशमा रहेको प्रहरीले जनाएको छ ।

Logo