प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' कोप-२८ मा सहभागी हुन नेपाल एयरलाइन्सले समय अगाडि सार्दा ३१ जना यात्रु छुटेका छन्।
बुधबार राति साढे ९ बजे प्रधानमन्त्री प्रचण्डसहित २५० जना यात्रु दुबईका लागि उडेका थिए। प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा सहभागी हुन त्यहाँ गएका हुन्। नेपाल एयरलाइन्सको राति साढे ११ बजे नियमित उडान हुन्छ। त्यसअनुसार नै बुधबारका लागि पनि त्यही समयको टिकट बुकिङ भइसकेको थियो।
तर भिभिआइपीको भ्रमण हुने भएकाले उक्त समय अगाडि सारिएको नेपाल वायु सेवा निगमले जनाएकाे छ। समय अगाडि सार्दा ३१ जना यात्रु छुटेका छन्। उनीहरूलाई एयरलाइन्सले काठमाडौँका होटलहरूमा राखेको छ। उनीहरूलाई बिहीबार दिनभरको फ्लाइटमा दुबई पठाइने जनाइएकाे छ।





























प्रतिक्रिया