रोपाईं अघि नै धानको समर्थन मूल्य निर्धारण

रोपाईं अघि नै धानको समर्थन मूल्य निर्धारण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले पहिलो पटक बाली लगाउनुपूर्व नै धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो पटक धानको न्यूनतम समर्थन मूल्य तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ का लागि मोटा धानको प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८८५ न्यूनतम समर्थन मूल्य तोकिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो ।

समर्थन मूल्य निर्धारण गर्दा उत्पादन लागतमा कृषकको मुनाफा २० प्रतिशत र ढुवानी खर्चमा औसत १० प्रतिशतले हुन आउने रकम थप गरी मूल्य निर्धारण गरिएको उनले जानकारी दिए । यसअघि पहिलो पटक सरकारले गहुँको समर्थन मूल्य तोकेको थियो ।

गत वैशाख १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयले सिफारिस गरे अनुसार गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १५ रहने गरी स्वीकृत गरेको थियो ।

Logo