नेपाली बजारमा आज सुनको मूल्य ३ सय रूपैयाँले घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १९ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १९ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ। साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।
त्यसैगरी आज चाँदीको मूल्य २० रूपैयाँले बढेकाे छ। बिहीबार १ हजार ५ सय २० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ५ सय ४० रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया