युनानमा ५.० म्याग्निच्युडको भूकम्प

युनानमा ५.० म्याग्निच्युडको भूकम्प

केन्द्रबिन्दु
0
Shares

युनानमा ५.० म्याग्निच्युडको भूकम्प गएको छ। चीनको दक्षिणपश्चिमी युनान प्रान्तको देहोङ दाईको मङ्सी शहर र जिङपो स्वायत्त प्रान्तमा शनिबार बिहान १:३६ मिनेटमा ५.० म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको हो।

१० किलोमिटर गहिराईमा रहेको उक्त केन्द्रबिन्दु २४.२६ डिग्री उत्तर अक्षांश र ९८.०८ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सिइएनसीले जनाएको छ। लिंकाङ शहर, बाओसान सहर र डालीबाई स्वायत्त प्रिफेक्चर लगायतका प्रान्तका धेरै ठाउँमा भूकम्पको धक्का महशुस गरिएको थियो।

भूकम्पको केन्द्र युनानको राजधानी कुनमिङबाट ४७६ किलोमिटर टाढा रहेको प्रान्तीय भूकम्प मापन ब्युरोले जनाएको छ।

Skip This
Skip This
Logo