काठमाडाैं-
गायिका तथा गीतकार आश्रा कुँवरको कोरोना सम्बन्धी जनचेतनामुलक गीत सार्वजनिक भएको छ । नेपालसहित विश्वभरका विभिन्न ९ देशका १० सङ्गीतकर्मी मिलेर तयार परिएको यस गीतका लागि नेपालका तर्फबाट गायिका कुँवरले आवाज दिएकी हुन् ।
कुँवर सँगै रसियाबाट आन्या फोमिना र रोना रे, इजिप्टबाट अहमद किकर, अमेरिकाबाट काउना, क्यामरुनबाट वाम्स क्लासिक, नाइजेरियाबाट डियाना बडा, यमनबाट रेडन रियाद, मंगोलियाबाट सेगी र इटालीबाट टिजियानाले यस गीतमा आवाज दिएका छन् ।

विश्वमा फैलिएको कोरोना भाइरसको बारेमा सबैले बुझ्ने गरी सकारात्मक सन्देश फैलाउन सामाजिक दुरी कायम गर्दै आ–आफ्नो देशबाट र आ–आफ्नै देशको भाषामा गीत तयार परिएको छ ।
८ मिनेट २५ सेकेन्ड लामो यस गीतलाई मोहम्मद एमनको कन्सेप्टमा तयार पारिएको छ । अहमद किकरको कम्पोज रहेको गीतमा क्रिम यहियाको निर्देशन रहेको छ ।





























प्रतिक्रिया