आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० मंसिर १९ गते मंगलबार। ५ डिसेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज राजनैतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी पनि हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धार्मिक कार्य सफल हनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो प्रयासबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर सहयोगी र नातागोताको साथ मिल्नेछ। वैदेशिक काम पनि बन्न सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्मान र प्रतिष्ठा प्राप्त हुनसक्छ। परोपकारका क्षेत्रमा लगानीको समय छ। मान्यजनको सहयोग प्राप्त हुनेछ। स्वादिष्ट भोजन पनि पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समाज र राज्यबाट मान सम्मान पाइनेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। ढिलै भए पनि अधुरा काम सम्पन्न हुनसक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज कार्य सम्पादनमा सहजता मिल्नेछ। वैदेशिक कमहरू आगाडि बढ्नेछ। व्यापारबाट भने सोचेजस्तो लाभ नमिल्न सक्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। यात्रामा सावधानी अपनाउनुपर्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ कार्यको योजना या थालनी हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। सहयोगीहरूको राम्रो साथ पनि मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
ठीक समयमा सही निर्णय लिन सकिनेछ। स्व अध्ययन अध्यापनमा सफलता मिल्नेछ। टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ।

Skip This
Skip This
Logo